काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आुमति पाएको प्रहरीले जनाएको छ ।
झालाई प्रहरीले शुक्रबार नेपाल भारत सिमाक्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ गरी उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको थियो । झाबारे जिल्ला प्रहरी कार्यालय काठमाडौँले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।
त्यस्तै प्रहरीले सोही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो।