काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औसत काम गराइबाट माथि उठ्न सत्ता गठबन्धन फेरिएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।
सरकारको काम गराई औसत भन्दा माथि उठ्न नसकेको महसुस गरेपछि गठबन्धनमा पटक पटक भन्दा पनि सुनवाई नभएको दाहालले बताए ।
आफू प्रधानमन्त्रीको रुपमा फोटो झुन्ड्याउन मात्रै न आएको भन्दै उनले एक वर्षमा भएको कामबाट आफू सन्तुष्ट नभएको आरोप लगाए ।
गठबन्धन भित्रै कांग्रेसबाट असहयोग महसुस भएको पनि उनले बताए । ‘म काम गर्न आएको हुँ, मैले पटक पटक काम भएन भनेर भने तर सुनवाई भएन,’ प्रधानमन्त्री दाहालले थपे, ‘गठबन्धन भित्रै रहेर पनि हामीलाई धोका भयो । त्यसकारण नयाँ गठबन्धनमा जानु पर्ने अवस्था आयो ।’
प्रधानमन्त्री दाहालले नयाँ बनेको गठबन्धनले जनताको चाहना पुरा गर्ने दाबी गरे ।