सरकारका मन्त्री ३८ पटक कालोसूचीमा पर्नुलाई कसरी बुझ्ने ?

सिधाकुरा


काठमाडौँ । नेपाल सरकारका ठेकेदार मन्त्री पुर्ण बहादुर तामाङ उर्फ कान्छाराम तामाङ आर्थिक रुपमा टाट पल्टिएको विषय सिधाकुराले प्रकाशन गरिसकेको छ । नेपाल सरकारका वर्तमान उर्जा तथा जलस्रोत राज्यमन्त्री रहेका तामाङ २०७७ सालयता कर्जा सूचना केन्द्रको ३८ पटक कालोसूचीमा परिसकेका छन् ।

ओली सरकारका ‘कामचोर ठेकेदार मन्त्री’: ६ अर्बका ठेक्का अलपत्र, बैंकिङ कारोबारमा पनि पटक पटक कालो सूचीमा (भिडियाे)

६ अर्ब माथिका ठेक्का होल्ड गरेर बसेका ठेकेदार मन्त्री ३ दर्जन बढी पटक कालोसूचीमा परेपछि हामीले एउटै व्यक्ति पटकपटक कालोसूचीमा कसरी पर्छन् भनेर कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरलाई सोधेका थियौँ । उनका बैंकिङ कारोबारमा नियोजित कसुर गर्ने मानिस पटक पटक कालोसूचीमा पर्छन् । कालोसूचीमा परेको मान्छेले आफ्नो व्यवहार मिलाएमा उ कालोसूचीमुक्त हुने कुँवर बताउँछन् । तर एउटै मानिस करिब ५ वर्षयता एकपछि अर्को गर्दै कालोसूचीमा चढ्नु र कालोसूचीबाट नहट्नु चाहिँ गम्भीर विषय हो । एउटै व्यक्ति पटक पटक कालोसूचीमा पर्नुले त्यो व्यक्ति टाट पल्टिएको र फाइनान्सियल क्राइसिसको चरम उत्कर्षमा रहेको बुझिने उनले बताए । यस्तो छ उनीसँग गरिएको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश । 

कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने भनेको के हो ? कसरी राखिन्छ कालोसूचीमा ? एउटै व्यक्ति कालोसूचीमा पटकपटक कसरी पर्छ ?

एउटा ‘क’ भन्ने  व्यक्तिले एउटा चेक इस्यू गर्यो । चेक इस्यू गर्ने व्यक्तिले दिएको चेट साट्न जाँदा ३ पटकसम्म चेक बाउन्स भएपछि त्यो व्यक्ति कालोसूचीमा पर्छ । 

३ पटक बाउन्स भएपछि बैँकले हामीलाई ३ पटक चेक बाउन्स भयो, कालोसूचीमा राखिदिनुहोस भनेर निवेदन पठाउने भयो । निवेदनका आधारमा हामीले कालोसूचीमा राखेपछि त्यो कालोसूचीमा पर्ने भयो । कालोसूचीमा राखेपछि हामीले उसलाई ब्ल्याकलिस्ट नम्बर दिन्छौँ । 


यदि उनले बैंकबाट ऋण लिएको होला । उसले भनेको समयमा पैसा तिर्न सकेन, १ वर्षपछि तिर्छु भन्यो भने बैँकले फेरी उसलाई कालोसूचीमा पठाउन पायो । यसको मतलब बैँकको किस्ता नतिर्दा पनि कालोसूचीमा पठाउन सकिन्छ । त्यो निवेदन दिएपछि उसलाई पुनः ब्ल्याकलिस्टमा राखिन्छ र त्यो २ नम्बरको ब्ल्याकलिस्ट हुन्छ । 

त्यस्तै उ कसैको कारोबारमा ग्यारेन्टर बसेको छ र जसको ग्यारेन्टर बसेको छ उ कालोसूचीमा परेपछि, ग्यारेन्टर स्वतः कालोसूचीमा पर्ने भयो । त्यसमा उनी अर्को नम्बरबाट कालोसूचीमा पर्ने भन्ने हुन्छ । 

यदि कम्पनीका नामबाट वा भनौँ सेयर होल्डर भएर ऋण लिएको छ र तिर्न सकेन भने अर्को कालोसूचीमा पर्ने हुन्छ । 

यसरी एउटै व्यक्ति विभिन्न कारोबारमा सहभागी भएर पटकपटक बैंकिङ कारोबारमा बदमासी गर्छ भने त्यो व्यक्ति त्यसैगरी धेरैपटक कालोसूचीमा पर्न सक्छ । एकपटक कालोसूचीमा पर्दा त्यो व्यक्तिको कालोसूची नम्बर एउटा हुन्छ भने अर्कोपटक पर्दा अर्कै हुन्छ, यसरी एउटै व्यक्ति धेरै पटक कालोसूचीमा पर्न सक्छ ।

कालोसूचीबाट कोही व्यक्ति हटे नहटेको कसरी थाहा पाउन सकिन्छ ?

यदि एउटा व्यक्ति आजसम्म कालोसूचीमा छ । उसको नाम र कालोसूची नम्बर कालोसूची लिस्टमा छ तर भोलि हेर्दा त्यो नाम र नम्बर भएको व्यक्ति सो सूचीबाट हटेको छ भने त्यो व्यक्ति कालोसूचीबाट हट्यो भन्ने मान्नुपर्छ । आज कालोसूचीमा भएको व्यक्ति भोली बिहान कालोसूचीबाट हट्न सक्छ । 

कालोसूचीमा परेको व्यक्तिले कुनै बैंकबाट बैंकिङ सुविधा लिन पाउँछन् ?

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेपछि त बैंकिङ सुविधा लिनै पाइएन नि । एउटा बैंकको सिफारिसका आधारमा कोही व्यक्ति कालोसूचीमा परेको छ भने उनले अन्य बैंकबाट पनि कुनै बैंकिङ सुविधा लिन पाउँदैन । 

राष्ट्र बैंकको निर्देशिकाले के भन्छ भने, कुनै पनि व्यक्ति वा संस्था कर्जा सूचना केन्द्रको  कालोसूचीमा परेको हो भने त्यस्तो व्यक्ति वा संस्थाको कुनै अन्य बैँकमा बैंक खाता छ भने त्यो पनि स्वत कालोसूचीमा पर्छ ।

जुन बैंकले सिफारिस गर्यो त्यसमा त कालोसूची पर्ने नै भयो । तर कर्जा सूचना केन्द्रमा कालोसूचीमा परिसकेपछि त्यो सबै बैंकमा सूचना जान्छ र कुनै बैंकमा त्यो व्यक्ति वा संस्थाको खाता छ भने त्यो बन्द गर्दिनुपर्ने हुन्छ र बन्द हुन्छ । 

बैंकले खाता बन्द गरिदिएपनि खातामा आउने पैसा भने आउँछ तर निकाल्न मिल्दैन । तर यदि कोही व्यक्तिलाई जरुरी पैसा आवश्यक पर्दा, जस्तै कुनै सरकारका निकायलाई तिर्नुपर्ने दस्तुर, राजस्व तिर्नुपर्ने, कर तिर्नुपर्ने छ भने निकाल्न पाइयो । तर यो निकाल्न पाइने रकमको सिमा यति हो भनेर तोकेको छैन, यद्यपी अदालतमा मुद्दा पर्यो र अदालतले निकाल्ने देउ भने फैसला वा आदेश गर्यो भने त निकाल्न पाइन्छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूची र कर्जा सूचना केन्द्रको कालोसूचीको केही सम्बन्ध छ ?

त्यस्तै छैन, सार्वजनिक खरिद अनुगमन कार्यालयले कुनै पनि ठेक्का सम्झौताअनुरुप काम भएन भने त्यस्तो व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्छ तर हामीचाहीँ हामीसँग रहेका १२९ वित्तिय संस्थामा वित्तिय कारोबारमा बदमासी गर्नेलाई कालोसूचीमा राख्छौँ । कस्ता बदमासी भन्ने त अघिनै हामीले कुरा गरिहाल्यौँ ।

एउटै व्यक्ति ३० पटक भन्दा धेरै कालोसूचीमा परेको विषयलाई कसरी लिन सकिन्छ ?

त्यो त टाट पल्टिएसरह हो । यसले कुनै व्यक्ति वा संस्था फाइनान्सियल क्राइसिसको चरम उत्कर्षमा छ भन्ने बुझ्नुपर्ने हुन्छ । 


प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||