काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन, संसद फेस गर्ने र विश्वासको मत फेस गरेर जाने धराणा प्रधानमन्त्रीले बनाउनुभएको छ ।,’ उनले भने, ‘हामी पार्टीको तर्फबाट पनि एक मतले विश्वासको मतको सामना गर्ने, विभिन्न पक्षहरुस्रँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि, स्वयं एमालेका अहिले सममति भएपनि कुराकानी गरेर अगाडि बढ्ने निर्णय भएको छ ।’
त्यस्तै उनले राष्ट्रि सहमतिको सरकार बनाऔँ भन्ने प्रस्ता स्वीकार्य नभएको बताए । दुई पार्टीले सहमति गरिसकेर अरु पार्टीसँग राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर मिल्छ र ? पौडेलले प्रश्न गरे ।