काठमाडाैँ । कोशी प्रदेश नामाकरणको एक वर्ष पुगेको विरोधमा पहिचानवादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । प्रदेशको नाम कोशी नामाङ्कन गरिएको भन्दै प्रदेश नं १ पुन नामाङ्कन संयुत्त संघर्ष समितिले आजको दिनलाई कालो दिनको रुपमा मनाएको छ ।
उनीहरुले काठमाडौँको तिनकुनेस्थित उपत्यकामा बसोबास गर्नेहरु उपस्थित भएर प्रदेशको नाम खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् ।