काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिक वाग्लेले महामन्त्रीले राखेका प्रस्तावहरु सही भएपनि उनको शैलीका कराण धेरै केन्द्रीय सदस्यहरु असन्तुष्ट भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकपछि प्रतिक्रिया दिदै उपसभापति वाग्लेले महामन्त्री मुकुल ढकालको शैली ठिक नभएको बताएका हुन् । वाग्लेले सभापतिले राखेका केही प्रस्ताव समेत हाउसले अस्वीकार गरेको थियो ।
बिहान ८ः३० बजेदेखि रास्वपा पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकमा पार्टीका महामन्त्री मुकुल ढकालले मुखमा पट्टी लगाएर सांकेतिक बिरोध गरेका थिए । उनलाई प्रतिवेदन पेश गर्न समय दिएपनि उनले प्रतिवेदन पेश गर्न अस्वीकार गरेका थिए । त्यसपछि सहमहमामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिवेदन पढेर सुनाएका थिए ।
त्यसपछि सबै केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । सह प्रवक्ता मनिष झाकाअनुसार महामन्त्रीले भने बैठकमा बोल्न मानेनन् । लामो समय चलेको बैठकबाट महामन्त्री ढकाल साँझ बैठक छोडेर बाहिर निस्केका थिए । बाहिर निस्कने क्रममा उनले आफूमाथि पार्टीका दुई उपसभापतिले ह्यार्यासमेण्ट गरेको आरोप लगाएका छन् । त्यसको केही समयपछि बैठक सकिएको थियो ।
उपसभापति वाग्लेले आजकाे महामन्त्रीकाे व्यवहार स्वभाविक नभएकाे बताएका छन् ।