काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासले उक्त रिट खारेज गरिदिएको हो ।
रिट खारेज भएपछि कोशी प्रदेशमा हिक्मत कार्कीले मुख्यमन्त्रीमा निरन्तारता पाउने भएका छन् ।
२०८० वैशाख २७ गते निवर्तमान मुख्यमन्त्री केदार कार्कीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।