
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ साल यताका अन्य पार्टीका नेताहरुको छानबिन गर्ने हो भने कसैले अलिकति टाउको लुकाउने ठाउँ पनि नभेट्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्ना पार्टीका सभापतिमाथि गरिएको अनुसन्धानको केही भाग मात्रै अन्य नेताहरुमाथि अनुसन्धान गर्ने हो भने यो देशमा टाउको लुकाउने ठाउँ नहुने बताएका हुन् ।
उनले भने, ‘संसदीय विशेष छानबिन समितिको प्रतिवेदन मान्यज्यूहरुले अध्ययन गर्नुभएको रहेनछ कि जस्तो लाग्यो । ४४९ नम्बरको पेज पढ्नुहोला । त्यहाँ के लेख्या छ, ऋण लिनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता छैन भनिएको छ । गोर्खा मिडियामा आएको रकम परिचालन सम्बन्धमा प्रचलित कानुन अनुसार कारबाही गर्नु भनिएको छ । प्रचलित कानुन भनेको कम्पनी ऐन २०६३ हो मान्यसदसइहरु । कसरी के तरिकासँग मुद्दा लगाइयो–सम्पत्ति सुसिद्धकरण कतै, कतै ठगी यो के हो ? सम्माननीय सभामुख महोदय, म ४७ यताकालाई अलिकति, हाम्रो पार्टी सभापति जस्तैगरी होइन, अलिकति अनुसन्धान प्रक्रियामा ल्याऔँ त टाउको लुकाउने ठाउँ छैन तपाईँहरुको यो देशमा टाउको ।’
त्यस्तै उनले ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रस्टाचार अवधारण सुचांक २०२३ को तथ्यांक सार्वजनिक गर्दै पछिल्ला वर्षहरुमा भ्रष्ट्राचार कसले गरेको हो प्रश्न गरे । ‘यी वर्षहरुमा यो सरकार सञ्चालक को थियो सभामुख महोदय ? भ्रस्टाचार गर्दिन गर्न नी दिन्न भारच त !’