१४ असोज, सिरहा : सिरहाको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बसको स्प्रिङ पत्ता भाँचिएर अनियन्त्रित हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।
मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिककै बस दुर्घटना हुँदा दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएकाहरुको गोलबजारस्थित अस्पतालमा उपचार भइरहेको छ ।