काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डिपी)लाई दिएको छ । सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएको हो ।
लामो समयदेखि पार्टीका सभापति रवि लामिछाने अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेपछि पार्टीले डिपी अर्याललाई जिम्मेवारी दिएको हो । हिरासतमा रहेका लामिछानेले नै कार्यबहाकमा अर्याललाई तोकेका हुन् । ‘हिरासतमा रहनुभएका सभापतिज्यूले तोकेअनुरुप पार्टीको विधानअनुरुप कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापतिज्यूलाई दिइएको हो ।’, रास्वपा सांसद शिशिर खनालले भने, ‘आज बसेको सचिवालय बैठकमा सो निर्णय सुनाइएको हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्।