काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा आज देखि सुरु भएको छ । पहिलो दिन मच्छिन्द्रनाथको रथ जमलको तीन धाराबाट तानेर असनसम्म लगिएको छ। रथ यात्राको दोस्रो दिन भोलि असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखि लगनटोलबाट मच्छिन्द्रबहालसम्म यात्रा चलाइन्छ।
मंसिर ९, २०८१ आइतबार |