काठमाडौँ । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको कार्यसूचीमा आर्थिक वर्ष २०८१ / ८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेकाे छलफल रहेकाे संसद् सचिवालयले जनाएको छ ।
गत सोमबारको अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८१ / ८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरेका थिए ।
सभामुख देवराज घिमिरेले विधेयकमा छलफलका लागि संसद्मा ७ दिनको समय छुट्याएका छन् । फागुन २१, २२, २३ र ३० गते र १, २, र ४ गतेका लागि छलफलको समय तोकिएको छ । छलफलमा भागलिन संसद्मा सहभागी दलका प्रतिनिधिहरूले बैठक चल्नु अघि सभामुखलाई नाम टिपाउनु पर्छ ।