इलाम। इलामको सन्दकपुर गाउँपालिकाले एक बर्षमा सवारी साधनको इन्धन खरिद र मर्मतमा मात्र करिब एक करोड खर्च गरेको पाइएको छ ।गाउँपालिकाले अधिकारको दुरुपयोग गर्दै यति ठूलो रकम सकेपछि महालेखाले प्रश्न उठाएको छ ।
आर्थिक बर्ष २०८९/८०मा गाउँपालिकाका पदाधिकारीको इन्धन खर्च,कार्यालय इन्धन खर्च र सवारी मर्मतमा गरी गाउँपालिकाले ९९ लाख ८९ हजार ९ सय ६१ रुपैयाँ खर्च गरेको हो । जुन गाउँपालिकाको आन्तरिक आयको १४२.०८ प्रतिशत बढी खर्च भएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख छ ।गाउँपालिकाले विभिन्न शिर्षकमा जथाभावी खर्च गरेपछि महालेखाले मितव्ययिता कायम गर्न निर्देशन समेत दिएको छ ।प्रतिवेदन अनुसार गाउँपालिकाले पदाधिकारी इन्धन खर्चमा ३५ लाख ८७ हजार ७९३, कार्यालय इन्धनमा १६ लाख ६४ हजार १६४ ,सवारी साधन मर्मतमा पदाधिकारी र कार्यालय समेत गरी ४७ लाख ३८ हजार गरी ९९ लाख ८९ हजार ९ सय ६१ रुपैयाँ खर्च गरेको हो ।
अघिल्ला बर्षमा पनि यो गाउँपालिकाले ठूलो रकम सवारी साधन मर्मतमा खर्च गरेपछि चौतर्फी आलोचना भएको थियो ।गाउँपालिकामा २ वटा सरकारी र १ वटा भाडाको समेत गरी ३ वटा चारपाङग्रे सवारी साधन रहेको प्रविेदनले जनाएको छ ।गाउँपालिकाको आफ्नै गाडी हुँदाहुदै पनि अध्यक्ष ,उपाध्यक्ष लगायतका कर्मचारीले विभिन्न कार्याक्रममा जाँदा समेत गाडी रिर्जवमा लैजाने गरेकोले यसलाई रोक्नुपर्ने जनाएको छ ।
सवारी साधनको इन्धन र मर्मत खर्चमा एकरुपता ल्याउन स्थानिय तहले निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्ने सरकारको नीतिगत मार्गदर्शनमा उल्लेख छ ।सरकारी सवारी साधन सरकारी काममा मात्रै प्रयोगमा ल्याउनुपर्ने,अनाधिकृत व्यक्तिले यस्ता सवारी साधन प्रयोग गर्न नपाउने व्यवस्था गर्नुपर्ने भएता पनि स्थानिय तहले यसलाई लत्याउँदै राज्यकोषको ठूलो रकम सवारी साधनको इन्धन र मर्मतमा खर्च गर्दे आएका छन् ।
-
वीर बहादुर राइ 5 months agoमैले भन्दै आयेको थिये पालिकामा सवारी साधन दुरपय भैराको छ भनेर बारामबार भनेको हो किन चाइयो पालिकामा ३ वटा ४ पाङ्ग्रे सवारी साधन मैले धेरै ठाउमा देखेको छु पालिका अध्यक्ष उप अध्यक्ष एकै ठाउँ मा जादनी २ वटा गाडी लियेर गाको मैले यो बिसयमा पनि कुरा उठाको थिये तर कुरानै सुनेना आज आयेर यो दिन देखनु पर्यो हाम्रो कुरा पनि सुन्नु पर्छ ! हुनत म प्रतिनिधि पनि होइना एउटा म टोल बिकाशको सम्योजक हो हाम्रो कुरा कहाँ सुन्छर ठुलामान्छेले योइत छ नेपालमा दुखको कुरा!