
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–४ सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको पनि उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
शनिबार दिउँसाे काठमाडौँबाट चित्लाङतर्फ गइरहेको निजी कार सडकबाट ६ सय मिटर तल खसेकाे थियाे ।
प्रदेश–३–०१–०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँ लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भएको थियाे ।
हेटौंडा काठमाडौँ छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत संभारका कारण सवारीसाधन चल्न रोक लगाएपछि थानकोट चित्लाङ सडक खण्डमा सवारी चाप बढेको छ ।
फोटो स्रोतः रत्न बहादुर गोलेको फेसबुकबाट