बर्दीबास । महोत्तरी रामगोपालपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष मुकेश यादव मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएपी सन्तुलाल जयसवालका अनुसार आज बिहान बर्दिबास नगरपालिका ८ मा पर्ने बर्दिबास जलेश्वर सडक खण्डको कल्भर्टमुनी यादवको शव फेला परेको छ ।
घटनास्थलमा यादव सवार लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल पनि भेटिएको छ।
घटना शंकास्पद रहेको भन्दै ठूलो संख्यामा उपस्थित स्थानियले अहिले बर्दिबास जलेश्वर सडक खण्ड अबरुद्ध गरेका छन् । यादव माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।