काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कार्यन्वयनमा ल्याएको ट्राफिक नियम उल्लंघन गरे सडकमा स्वयम् सेवक बन्नु पर्ने नियम तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारी भएको चार दिन ड्युटी गर्न नपर्ने भन्दै सवारी व्यवस्थाका लागि आवश्यक जनशक्ति मदिरा पिएर सडकमा ट्राफिक नियम उल्लंघन गर्न र लेन मिच्नेहरूलाई स्वयंसेवा गराएर पूर्ति गर्ने घोषणा गरेका थिए ।
उनको घोषणा लगत्तै १६ जेठबाट ट्राफिक प्रहरीले यस्तो नियम कार्यन्वयनमा ल्याएको थियो ।