काठमाडाैँ । देशभरी आएको बाढी पहिरो र चाडपर्वको आगमनसँगै उपत्यका भित्रिने अधिकांश तरकारीको मूल्य बढेको छ । गोलभेडा ठूलो (भारतीय) को मूल्य प्रतिकिलो १४० रुपैयाँ कायम गरिएको छ भने गोलभेडा सानो (लोकल) प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको छ ।
त्यस्तै गरी आलु रातो प्रतिकिलो ८०, आलु रातो (भारतीय) प्रतिकिलो ५८ रुपैयाँ कायम गरिएको छ । त्यसैगरि प्याज सुकेको (भारतीय) प्रतिकिलो ११२ रुपैयाँ कायम गरिएको छ भने गाजर (लोकल) प्रतिकिलो १५० रुपैयाँमा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
प्याजसहित गाजर, मुला, घिउ सिमी, तिते करेला तथा परवर केही सस्तिएको छ । तोरीको साग र पालुङ्गो साग केही महँगिएको छ । समितिका अनुसार आज स्थानीय काउली ९०, रातो मुला ५९, सेतो मुला २०, लाम्चो भन्टा ८०, डल्लो भन्टा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौंला १००, भिण्डी ७० प्रतिकिलोमा कारोबार भएको छ ।