काठमाडौं । सरकारले ठूला दुग्ध किसानलाईई बजेटमार्फत प्रोत्साहनको नीति लिएको छ । अर्थ मन्त्री वर्षमान पुनले मंगलबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा यस्तो व्यवस्था गरिएको हो ।
जसअनुसार दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाई १ प्रतिशत मात्र कायम गरेको उल्लेख छ ।