काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा.मुकुल ढकालले मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएका छन् । पार्टीको केन्द्रिय कार्यालय चमतीमा जारी बैठकमा महामन्त्री ढकालले मुख मास्क लगाएर बाहिरबाट टेप लगाएर उपस्थित भएका छन् ।
समिक्षा यात्रा सकेर सभापती रवि लामिछानेलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका ढकालले प्रतिवेदन सार्वजनिक नभएपछि केन्द्रिय समिति बैठकमा आफूले प्रतिवेदन पढ्ने भएकाले लाइभ गर्न माग गर्दै आएका थिए ।
केन्द्रिय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम पछि महामन्त्रीको प्रतिवेदनमा छलफल भैरहेको छ ।