काठमाडौँ । चक्रपथ क्षेत्र अन्तर्गत गौशालामा रहेको अनाधिकृत संरचनामा काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले डोजर चलाएको छ । शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको हो । सडकबाट २५ मिटरभित्र बनाइएका संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।
मंसिर १, २०८१ शनिबार |