काठमाडौँ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा बयानका लागि रुपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा फर्काइएको छ । लामिछानेलाई गत मंगलबार कास्कीबाट भैरहवा लगेर २३ घण्टा बयान गराइएको प्रहरीले जनाएको छ । हिजो साँझ ८ बजे मात्रै बयान सकिएकाले आज बिहानै पोखरा फर्काउने भनिएको थियो । तर मौसम खराबीका कारण २ बजे मात्रै फर्काइएको छ ।
मंसिर १, २०८१ शनिबार |