काठमाडौँ । काठमाडौँ महानगरपालिकाको चक्रपथ क्षेत्र अन्तर्गत गौशालामा रहेको अनाधिकृत संरचनामा भत्काउन पुगेको डोजरसहितको टोलीलाई अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमी पक्राउ परेका छन् । नगर प्रहरीसहित पुगेको महानगरकोे टोलीलाई अवरोध पुर्याउन खोज्ने सायमी र अन्य युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको हो । सडकबाट २५ मिटरभित्र बनाइएका संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।