काठमाडौं । कहिले नेपालकै लागि त कहिले आज भोली सँधै सँगै भन्ने एनसेलले कहिले करनै तिरेन त कहिले कर नै नलाग्ने देशमा कम्पनी देखाएर नेपालमा कमाएको नाफा कुम्ल्यायो । अहिले फेरि सोही एनसेल नेपालको कर प्रणाली छलेर बिक्री भएको छ । त्यो पनि १ सय ७० रुपैयाँ बराबरको कम्पनीमा ।
शुक्रबार कार्यालय समय सकिएपछि एनसेलको ८० प्रतिशत शेयर भएको आजियाटाले आफ्नो शेयर युकेमा दर्ता भएको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई ६ अर्ब ६५ करोडमा बिक्रि गरेको सूचना जारी गर्यो । आजियाटले अहिले ६ अर्बमा बिक्री गरेको शेयर ८ वर्ष अघि १ खर्ब ४४ अर्ब रुपैयाँभन्दा बढीमा किनेको थियो । किनेको भन्दा ९६ प्रतिशत कम मूल्यमा त्यो पनि ४ वर्षसम्ममा पैसा दिने सर्तमा शेयर बेचिएको छ । एनसेल विक्रिको भित्री रहस्य, यसका सञ्चालकहरुले एनसेललाई सरकारीकरण हुन नदिन रचेको चाल र यसबाट देशलाई पर्ने घाटा बुझ्न यो भिडियो हेर्नुहोस् ।