वीरगंज । पर्साको छिपहरमाई गाऊँपालिकाले सुचना उपलब्ध नगराएको भन्दै युवाहरुको समुहले हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन् । छिपहरमाई संघर्ष समिति नाम दिइएको उक्त युवाहरुको समुहले आइतबार ७ गते छिपहरमाई गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउँदै २० वटा विभिन्न सुचना र ६ वटा सुझाव सहित छिपहरमाई संघर्ष समितिले छिपहरमाई गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापन पत्र अनुसार एकहप्ताभित्र सुचना नदिइएकाले पुस १४ गते आजबाट धर्ना सुरु गरिएको जानकारी गराएको छ ।
उक्त गाऊँपालिकामा नेकपा एमालेका तर्फबाट मनोज गुप्ता निर्वाचित गाऊँपालिका अध्यक्ष हुन् । पटक पटक गरी दुईपटक निर्वाचित भएका उनले विभिन्न शिर्षकमा अनियमितता गरिरहेको र सूचना माग गर्दा उपलब्ध नगराइएकाले धर्नामा बस्नु परेको छिपहरमाई संघर्ष समितिका संयोजक सन्दिप गुप्ताले बताए ।
यसअघि सूचना आयोगबाट ४÷४ पटक समेत निर्देशन दिईसक्दा समेत सूचना उपलब्ध नगराएको युवाहरुको आरोप छ । अहिले पाँच दिनसम्म धर्ना दिने छठौँ दिन टायर बालेर प्रदर्शन गर्ने त्यसपछि छिपहरमाई गाऊँपालिकामा ताला बन्दी गर्ने संयोजक सन्दिप गुप्ताले बताए ।
आव २०७५ सालदेखि मंसिर मसान्तसम्म सौर्य सिचाई प्रणाली योजना लागु गरेको ठेगाना, लाभग्राही, इस्टीमेट संस्थाको नाम र बजेट त्यसैगरी विभिन्न व्यक्तिहरुको नाममा लिएका जिन्सी सामाग्री, पेश्की तथा भुत्तानी लगायतको प्रमाणित प्रतिलिपि त्यसैगरी गाऊँपालिकाले वितरण गरेको इन्धनबाट लाभ लिएका व्यक्ति संस्थाहरुको विवरण, त्यसैगरी छोरी विमा कार्यक्रमबाट लाभ लिएका सेवाग्राहि, समादायित विद्यालयको नियुक्त, लगायतको विवरण माग गरएको छ ।
धर्नामा जितेन्द्र यादव, रिजवान मिया, राजवंशि पासवान, धर्मेन्द्र यादव, राजु यादव, दिपेन्द्र यादव लगायतका युवाहरु बसेका छन् ।