परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारलाई अनुरोध गरेको छ । साथै नेपाली नागरिकलाई भर्ना नलिन पनि आग्रह गरेको छ ।