नेपाल सरकारले भूकम्पबाट प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको छ ।
बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै आजकै बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेर्खा शर्माले बताएकी छिन् ।