![]( https://sidhakura.com/content/upload/post_image/hp-prachandajpgo7uppcal5.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास गर्न ६ दिन ढिलो भयो भनेर अध्यादेश ल्याएको हो भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले संसद छलेर ल्याइएको अध्यादेशको विरोध गरेका हुन् ।
‘नेकपा एमोले ७ पटक, ३५ वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभएको हो अध्यादेश ?’ प्रचण्डले प्रश्न गरे ।
‘माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ । उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईहरु पनि अब विकासको हाजी हुनुभएको हो ?’