काठमाडौं । बडादशैँको टीका लगाइएको छ । पञ्चांग निर्णायक समितिले तय गरेको उत्तम साइतन बिहान ११ः३६ बजेबाट सर्वसाधारणले मान्यजन र अग्रजको हातबाट टीका र जमरा लगाएका छन् । टीका लगाउने क्रम आज दिउसो भर रहने छ । आजको दिननै शुभ हुने भएकाले साइतमा टीका लगाउन नसक्नेहरुले साँझसम्म टीका लगाउन सक्ने छन् ।
त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास रहेको छ । आज आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।