काठमाडौँ । केन्द्रीय कार्यालय वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय बसिरहेको छ । आजको बैठकले पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि गरिएको कारबाही सम्बन्धमा छलफल गर्ने बताइएको छ ।
असार २० गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको थियो । सो बैठकले महामन्त्रीको सम्बन्धमा थप निर्णय लिन अनुशासन आयोगलाई निर्देशन दिएको थियो । र अनुशासान आयोगले प्रतिवेदन तयार गरेपछि आज केन्द्रीय समिति बैठक बोलाइएको हो ।
महामन्त्री ढकालले पार्टीको निर्देशनमा विभिन्न ३८ जिल्ला पुगेर ३ हजार बढीसँग छलफल गरेर उक्त पार्टीको समिक्षा प्रतिवेदन बनाएका थिए । असार १२ गते उनले सभापति रवि लामिछानेलाई उक्त प्रतिवेदन अध्ययन गरी सार्वजनिक गर्न माग गर्दै बुझाएका थिए ।
त्यसपछि पार्टीले बुधबार केन्द्रीय समिति बैठक बोलाएको थियो । ढकालले उक्त बैठक लाइभ गर्नुपर्ने माग राखेका थिए । तर बैठक लाइभ गर्ने प्रस्ताव अस्वीकृत भएको थियो । उनले सोही प्रतिवेदनमा आधिारित भएर अर्को प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सभापतिले प्रस्तुत गर्न नदिएको उनी मुखमा पट्टी बाँधेर बैठकमा बसेका थिए ।
दिनभर चलेको बैठक नसकिदै ढकाल साँझ पार्टी कार्यालयबाट निस्कदै उनले आफूमाथि ह्यारेमेन्ट भएको प्रतिक्रिय दिएका थिए । त्यसपछि मध्यराति डा. ढकालको शैली ठिक नभएको भन्दै ७ दिनका लागि निलम्बन गर्ने पार्टीले निर्णय गरेको थियो ।