काठमाडौँ । नक्कली सवारीचालक अनुमतिपत्र जारी गर्ने कार्यमा संलग्न ५ जनालाई कर्मचारीलाई प्रहरीको केन्लेद्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालिन कार्यालय प्रमुख उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्यूटर अधिकृत पदम राज आचार्य, तत्कालिन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्यूटर अपरेटर राजेश लम्शाल, र यातायात व्यवस्था कार्यालय जनकपुर धनुषामा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलिप कुमार शाह रहेका छन् ।
यातायात व्यवस्था विभागको केन्द्रीय सवारीचालक अनुमतिपत्र प्रणालीमा फर्जी विवरणहरु ईन्ट्रि गरि गैह्र कानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीलाई पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भईरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होविन्द्र बोगटले जानकारी दिए ।