काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आज काठमाडौँमा विरोध तथा प्रदर्शन गरेको छ। उनीहरुले काठमाडौँका ५ स्थानमा प्रदर्शन गरेका हुन् ।
काठमाडौँको चाबहिल चोक, कालिमाटी र सोह्रखुट्टे चोक त्यस्तै भक्तपुरको गठ्ठाघर, ललितपुरको पुल्चोक डबलीमा उनीहरुले बिरोध तथा प्रदर्शन गरेका हुन् । उनीहरुको आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ऐक्यवद्धता जनाएको छ । सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानूनको इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।