काठमाडाैँ । सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । सभामुखको आग्रहमा सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबिच छलफल सुरु भएको हो ।
संसदमा प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले निरन्तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएको छ । यदि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्न समिति गठन नगरे चैत २७ देखि संसद नै अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले छलफलका लागि बोलाएका हुन् ।
छलफलमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलगायत नेता सहभागी छन् ।