पोखरामा रास्वपाकाे आन्दोलनमा मिसिएका सहकारी पीडित भन्छन्, 'हामीलाई रविले हाेइन, राज्यले ठगेको छ'

लक्ष्मण गिरी , विष्णु ढुंगाना

पोखरा । सहकारी पीडितलाई न्याय दे लेखिएको पम्प्लेट हातमा बोकेर पोखरामा गरिएको रवि लामिछाने पक्राउको विरोध प्रर्दशनको मध्यभागमा आन्दोलनरत छिन्, पोखराकी सहकारी पीडित अनुराधा श्रेष्ठ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी बचत अपचलन कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न पोखरा ल्याएपछि उनका समर्थकहरू पोखरामा आन्दोलनरत छन् । राजनीतिक प्रतिसोध साँधेर सरकारले रवि लामिछानेलाई पक्राउ गरेको भन्दै प्रदर्शन भइरहँदा स्वरमा स्वर मिलाउन त्यही भिडमा होमिइरहेकी छिन्, सूर्यदर्शन सहकारी पीडित श्रेष्ठ ।


प्रायजसो सहकारी पीडितहरूको प्रदर्शनको अग्रभागमा देखिने उनी मङ्गलबार भने रवि लामिछानेलाई फसाइएको भन्दै आन्दोलनमा भेटिइन् । रवि लामिछानेका समर्थकले चर्को घाममा प्रदर्शन चर्काइरहँदा 'सहकारी पीडितलाई न्याय दे, सक्कली सहकारी ठगलाई कारबाही गर, निर्दोष फसाउन पाइँदैन' भन्दै नाराबाजी गर्दै पैदल यात्रा गरेर पोखराको जिरो किलो चोक, पृथ्वीचोक हुँदै अमरसिंह चोकतर्फ जाने क्रममा उनी हाम्रो नजरमा परिन् । 


रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याइएसँगै एकापट्टी रवि लामिछानेका समर्थक आन्दोलनरत छन्, भने अर्कापट्टि सहकारी पीडित पनि आन्दोलनरत छन् । लामिछानेका समर्थक सक्कली सहकारी ठगलाई कारबाही गर भन्दै आन्दोलनरत रहँदा उता सहकारी पीडित भने जबरजस्ती रवि लामिछानेलाई सहकारी ठगको भिल्ला भिराउन प्रयासरत छन् । तर तिनै सहकारी पीडित मध्येकी एक श्रेष्ठले भने आफ्नो आन्दोलनको कित्ता परिवर्तन गरेकी छिन् । 

आफू सूर्यदर्शन सहकारी पीडित रहेको र न्यायको माग गर्दै २ वर्षदेखि आन्दोलन गरिरहँदा न्याय नपाएपछि कित्ता परिवर्तन गरेको उनले बताइन् । २ वर्षसम्म रवि लामिछानेलाई ठग भन्दै आन्दोलन गरेपनि सरकार र तिनका निकायले नै संलग्न छैन भनेपछि आफूले लामिछानेविरुद्ध नाराबाजी गरेर पैसा नपाउने भएपछि आफूले आन्दोलनको स्वरुप परिवर्तन गरेको उनले बताइन् । 'यो र्‍याली रवि लामिछानेका समर्थकको मात्र नभएर आम नेपाली जनताको र्‍याली भएका कारण आफ्नो पैसा पाउने आशामा म यो र्‍यालीमा आएको छु।', उनले भनिन्, '२ वर्षदेखि न्यायको खोजीमा आन्दोलन गरेँ तर रवि लामिछाने सहकारी ठग हैन भन्ने भएपछि अहिले रवि लामिछानेका समर्थकसँगै आन्दोलनमा आएको हुँ । उहाँहरूले सहकारी पीडितको आन्दोलनको नेतृत्व आफूहरूले गर्ने बताउनुभएको छ ।'

आफूजस्तै धेरै सहकारी पीडित रवि लामिछाने ठग हैन भन्ने जानकार भएको तर उनीहरु अरु साथीसँग सम्बन्ध बिग्रिने डरले आन्दोलनमा नआएको उनको भनाई छ । 'सहकारीमा राखेको पैसाले गर्दा घरमा बाउआमा, बूढा बुढीको बिचमा त कति सम्बन्ध बिग्रियो । ति साथीसँग सम्बन्ध बिग्रिएर के हुन्छ ?', अनुराधा प्रश्न गर्छिन्, 'हामी एक दुई जना जनता रवि लामिछानेको पछि लागेर मात्र केही भएन । हामीलाई रविले हैन राज्यले ठगेको छ, राज्यविरुद्धको रास्वपाको आन्दोलनमा आउँदा ठगिएको पैसा पाइन्छ कि भनेर म पनि आएको हुँ ।'


त्यस्तै आफूहरु २ वर्षदेखि आन्दोलनमा होमिँदा सरकार निदाएर बसेको, सञ्चालक समितिलाई पक्राउ गर्न नसकेको तर रवि लामिछानेलाई भने संसदीय छानबिन समितिले निर्दोष भन्दाभन्दै पक्राउ गरेको उनको ठहर छ । सरकार नै न्याय दिनभन्दा राजनीतिक खेलवाडमा लागेको उनको आरोप छ । 'पक्राउ पूर्जी हुनेबित्तिकै रविलाई समाउन सक्ने सरकारले अन्य सञ्चालक समितिका सदस्यलाई किन पक्राउ गरेन ? मेरो यो राज्यसत्तालाई प्रश्न छ ।',उनले भनिन ।

रवि लामिछानेमाथि पनि अनुसन्धान हुनुपर्ने तर सरकारी संयन्त्रले बारम्बार निर्दोश भनेको पात्रको पछि सरकार लागेको, वास्तविक सहकारी ठगलाई उन्मुुक्ति दिइरहेको देख्दा आफ्नो पैसा फिर्ता नहुने भनपछि आफू रवि लामिछाने र उनका समर्थकसँगै आन्दोलनमा होमिएको अनुराधा बताउँछिन् ।

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||