काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौं राष्ट्रिय महाधिवेशनको अवसरमा काठमाडौंमा र्याली निकालेको छ ।
पार्टीको महाधिवेशन सुरु हुनुअघि समाजवादीले काठमाडौँको भृकुटीमण्डपदेखि कमलादीस्थीत प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालेको हो । र्यालीमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगाएत पार्टीका नेता कार्यकर्ता लगाएत सहभागी भएका थिए ।
नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । असार २० गतेसम्म चल्ने महाधिवशेन मार्फत पार्टीका बिभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने समाजवादीले जनाएको छ । समाजवादीले महाधिवेशनमा निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय गरेको छ ।