दाङमा गैरसुकुम्वासीलाई सुकुम्वासीको सिफारिस

शिवराज खनाल

दाङ । दाङमा अव्यवस्थीत बसोवासी, भुमिहिन सुकुम्वासीको नाममा वडा कार्यालयहरुबाट गैरभूमिहिन सुकुम्वासीलाई सिफारिस गरेको तथ्य फेलापरेको छ ।  

दाङ देउखुरीमा अबस्थित राजपुर गाउँपालिका वडा नं. ६ र वडा नम्बर ७ को कार्यालबाट गैर भुमिहिन सुकुम्वासी व्यक्तिलाई जग्गा प्राप्तिका लागि सिफारिस गरेको खुलेको हो । राजनीतिक आस्था र पदको दुरुपयोग गर्दै वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीले गैर सुकुम्वासीलाई जग्गा प्राप्तिका लागि सिफारिस गरिएपछि घट्ना बाहिरीएको हो ।  

छुटेका भुमिहिन सुकुमवासी तथा अव्यवस्थीत बसोवासीहरुको लगत संकलनका क्रममा वडा कार्यालयबाट सिफारिस भएका व्यक्तिहरु राजपुर गाउँपालिकामा कार्यरत कर्मचारी तथा विद्यालयका शिक्षकहरु रहेका छन् । अव्यवस्थित बसोवासीका नाममा सिफारिस लिएका उनीहरुमध्ये केहीले आफ्नो र केहीले श्रीमतीका नाममा सिफारिस लिएको पाइएको छ । 

सिफारिस लिनेमा राजपुर गाउँपालिकामा कार्यरत अमिन रुकुम निवासी मनोज शाहीले आफ्नो श्रीमती प्युठान नौबहिनी गाउँपालिका–२ निवासी हिरा खत्रीको नाममा राजपुर गाउँपालिका वडा नं. ६ बाट सिफारिस लिएका छन् । २० कट्ठा जग्गा विगत १२ बर्षदेखि भोगचलन गर्दै आएको वडा कार्यालयले दिएको सिफारिसमा उल्लेख गरिएको छ ।  

त्यसैगरी राजपुर गाउँपालिकामा प्रविधिकका रुपमा कार्यरत त्रिवेणी गाउँपालिका–४ रुकुम पश्चिम निवासी पत्रबहादुर वलीले आफ्नो श्रीमती लक्ष्मी खड्काको नाममा १८ कट्ठा जग्गाको सिफारिस लिएका छन् । उनले प्राप्त गरेको सिफारिसमा वडा कार्यालयले विगत १२ बर्षदेखि जग्गा भोगचलन गर्दै आइरहेको उल्लेख गरिएको छ । यसैगरी गाउँपालिकामा पशु प्राविधिकका रुपमा कार्यरत रोल्पा बुढागाउँ निवासी बालकृष्ण थापाले वडा नं. ६ बाटै १४ कट्ठा जग्गा विगत १२ बर्षदेखि भोगचलन गर्दै आएको भन्दै बसोवासका लागि सिफारिस लिएका छन् । 

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ (साविकको फुलबारी गाउँपालिका–६ दाङ) निवासी बिष्णु खत्रीले विगत २० बर्षदेखि जग्गा भोगचलन गर्दै आएको भन्दै ४ कट्ठा जग्गाका लागि सिफारिस लिएका छन् । खत्री माध्यामिक विद्यालय सिक्टाका प्रधानाध्यापक हुन । खत्री विगत चार बर्षदेखि उक्त विद्यालयमा कार्यरत शिक्षक हुन भने अन्य कर्मचारीहरु विगत तीन बर्षदेखि गाउँपालिकामा कार्यरत कर्मचारी रहेको खुलेको छ । जग्गा प्राप्तीका लागि वडा कार्यालयले दिएको सिफारिसमा वडा नं। ६ का वडा अध्यक्ष श्यामबहादुर रोका र वडा नं. ७ का वडा अध्यक्ष पुष्कर वलीले हस्ताक्षर गरेका छन् । 

विगत १२ बर्षदेखि स्थायी रुपमा बसोवास गरिरहेका अव्यवस्थीत बसोवासी तथा भुमिहिन सुकुम्वासीलाई जग्गा उपलव्ध गराउने व्यवस्था भएपनि वडा नं.६ र ७ बाट पदको दुरुपयोग गर्दै भोग चलन नै नगरेका पालिकामा कार्यरत कर्मचारीहरुलाई सिफारिस दिनु गलत भएको नेपाल तरुण दल क्षेत्र नंं.१ का अध्यक्ष  किरणविक्रम शाह बताउँछन् । यो विषय शाहले नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए । अध्यक्ष शाहले पदको दुरुपयोग गर्दै वडा अध्यक्षले पालिकामा स्थायी बसोवास नै नगर्ने र कर्मचारीहरुलाई सिफारिस गरेको बताए । जथाभावी रुपमा कानुनभन्दा बाहिर गएर कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा सिफारिस दिदा बास्तविक अव्यवस्थित बसोवासी र भुमिहिन सुकुम्वासी मर्कामा पर्ने भन्दै त्यसलाई सच्याउन गाउँपालिकालाई आग्रह गरेका छन् । ‘बास्तविक भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई मापदण्ड अनुसार सिफारिस दिनुपर्ने भएपनि निस्सा प्राप्तीका लागि वडा कार्यालयबाट मापदण्ड विपरित कर्मचारी र उनीहरुको श्रीमतीका नाममा सिफारिस प्रदान गर्ने काम भएको छ’, शाहले भने । 

राजपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पाण्डेयले अव्यवस्थित बसोवासीका नाममा वडा कार्यालयबाट सिफारिस लिदा कैफियत देखिएको भन्दै त्यसमा छानविन हुने बताएका छन् । वडामा बसोवास गर्ने बास्तविक अव्यवस्थित बसोवासी, भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने गरी सरकारले लगत संकलन गर्ने काम अघि बढाएपनि वडा कार्यालयबाट लगत संकलनका क्रममा त्रुटी भेटिएको बताए । प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने, ‘बास्तविक सुकुम्वासी र अव्यवस्थित बसोबसीलाई व्यवस्थित रुपमा बसोबासका लागि जग्गा उपलब्ध गराउनुपर्ने थियो तर केही वडामा संकलनका क्रममा कैफियत देखिएको छ । यो गलत कार्य हो, त्यसमा छानविन हुन्छ ।’ 

राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले वडाका जनप्रतिनिधि र कर्मचारीले लगत संकलनका क्रममा गलत व्यक्तिलाई सिफारिस गरेको सूचना आफुले प्राप्त गरेको भन्दै त्यसलाई छानबिन गरेर निवेदन रद्द गर्नेदेखि दोषी देखिएमा कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने बताए । 

सुकुम्वासीलाई व्यवस्थित गर्ने सम्बन्धमा बनेको भूमि ऐनमा विगत दश वर्षदेखि स्थायी रुपमा बसोवास गरेको तथा जग्गा उपभोग गरेको व्यक्तिले वडा कार्यालयको सिफारिसमा जग्गा प्राप्तीका लागि आवेदन दिन सक्ने कानुनी व्यवस्था रहेको छ । सोही ऐनमा झुट्ठा विवरण पेस गरेर लिएमा झुठा विवरणलाई आधार मानी सिफारिस गरेमा कम्तीमा २५ हजारदेखि एक लाखसम्म जरिवाना र एक बर्षसम्मको कैद सजायको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||