काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय भवन शुक्रबार शिलान्यास गरेका छन् ।
कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यासमा केपी शर्मा ओली सहित उनकी पत्नी राधीका शाक्य तथा भाटभटेनीका सञ्चालक मीनबहादुर र उनी पत्नी सावित्री गुरुङले पुजा गरेका थिए ।
एमालेको नयाँ पार्टी कार्यालय बनाउन मीनबहादुरले १० रोपनी १४ आना जग्गा सहयोग गरेको एमालेका महासचिव शङ्कर पोखरेलले दाबी गरे ।
अहिलेको पार्टी कार्यालय हरेक वर्ष डुबानमा पर्न थालेपछि एमालेले व्यापारी गुरुङसँग जग्गा मागेर भवन बनाउन थालेको हो । एमालेका एक नेताका अनुसार भवन निमार्णकाे लागत पनि गुरुङलेनै व्यहोर्ने छन् ।
शीलन्यासका क्रममा गुरुङले अर्को घटस्थापनाका दिन एमालेलाई नयाँ भवनमा सार्ने घोषणा गरेका थिए ।
-
Hemanta 1 months agoबाडिपिडीत हरुको लागी सहयोग गर्नुभयो राम्रो कुरा हो, देशभरी सुबिधासम्पन्न सोपिङ महल बनाएर ब्यावसय गर्नुभएको छ राम्रो कुरा, तर आफुमाथी सरकारी जग्गा अपचलनको मुद्धा टुङो नगाएको अवस्थामा भ्रस्टचारीको कमान्डर र अहीलेको लुटतन्त्रको महाराजा लाई जग्गा र भवन उपहार दिनुले सबै अपराधीले देश लुटेको सम्पतीको ब्याव्स्थापन गरेको देखीयो,