काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा हुन लागेकाे उपनिर्वाचनमा एक्लै लड्ने भएको छ । साेमबार पार्टी कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले बैशाख १५ गते इलाममा हुन गइरहेकाे उपनिर्वाचनमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।
बैठक पछि कुरा गर्दै एक नेताले सिधाकुरासँग भने 'रास्वपाका उम्मेदवारलाई सत्तागठबन्धनको साझा उम्मेदवार बनाएर जाने विषयमा भने अन्य दलसँग छलफल हुन सक्छ'।
त्यस्तै आजको बैठकमा इलाम भ्रमणपछि फर्किएका सांसदहरुले इलामको राजनीतिक वस्तुस्थिति पनि ब्रिफिङ गरेका थिए । बैठकले उम्मेदवार भने टुंगाएको छैन । 'केहि नामहरुमा अनौपचारिक छलफल भएपनि उम्मेदवारको नाम भने अर्को बैठकले टुंगाउने छ ।', एक नेताले भने ।
साथै रास्वपाले प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।