काठमाडाैँ । दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले बिहिबार पनि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्यमा प्रतितोला एक हजारले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको हो। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएको तेजावी सुनको मूल्य आज एक लाख ३३ हजार तीन सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैँयाले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय १० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।