धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

सिधाकुरा

काठमाडौँ । आज बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम-नट्स) मा पहुँच पुर्‍याउनका लागि ब्रोकरहरुले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ (डिएनए) लगइन हुन नसक्दा समस्या देखिएको हो । यद्यपि, के–कस्तो प्राविधिक कारणले डिएनएमा लगइन हुन सकेन र ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखियो भन्ने अझै खुलेको छैन । 

साइबर सुरक्षा र पुँजीबजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डिएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरुले सामान्य प्राविधिक समस्याका बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनविज्ञता जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुलीले केही धितोपत्र दलालहरुको प्रणालीमा समस्या देखिएपछि कारोबार प्रभावित भएको पुष्टि गरे । “बिहान डिएनए लगइन नहुँदा समस्या देखिएको भन्ने जानकारी नेप्सेमा आएको छ । त्यसको केही समयपछि समस्या समाधान भएको र कारोबार पुनः सञ्चालन भएको जानकारी पाएका छौँ । यस विषयमा थप जानकारी लिइरहेका छौँ”, पराजुलीले भने।

ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिँदा आज बिहान करिब २५ मिनेट कारोबार प्रभावित भएको कालिका सेक्युरिटिजका अध्यक्ष नरेन्द्रराज सिजापतिले जानकारी दिए। के-कस्तो प्राविधिक समस्याका कारण टिएमएसमा अवरोध भएको हो भन्ने कुरा ब्रोकर कम्पनीहरुलाई डिएनए सुविधा उपलब्ध गराइरहेको कम्पनी वाइकोलाई जानकारी हुने उनको भनाइ छ ।

ब्रोकर कम्पनीलाई डिएनए सुविधा उपलब्ध गराइरहेको वाइकोका प्रबन्धक अमृत आचार्यले आन्तरिक प्रणाली (नेटवर्क) मा समस्या देखिएका कारण केहीबेर डिएनए लगइन हुन नसकेको बताए । 

“बिहान नेटवर्कमा केही समस्या देखिएको थियो, जसकारण कनेक्सनमा समस्या देखिएको हो । अहिले समस्या समाधान भइसकेको छ”, उनले भने । अधिकांश ब्रोकर कम्पनीले वाइकोमार्फत सेवा लिइरहेकामा त्यस्तो सेवा लिइरहेका ६० प्रतिशत ब्रोकरहरुको टिएमएस प्रभावित भएको आचार्यको भनाइ छ । आजको घटनालाई साइबर सुरक्षाका दृष्टिले गम्भीर नभई सामान्य प्राविधिक समस्याका रुपमा बुझ्न आचार्यले आग्रह गर्नुभयो । 

धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७९ को व्यवस्था हेर्दा आजको घटनामा धितोपत्र दलाल व्यवसायीहरुको लापरबाही मात्र नभइ नियामकको पनि गम्भीर त्रुटी देखिएको जानकार बताउँछन् । नियमावलीको व्यवस्थाअनुसार धितोपत्र कारोबार सदस्यहरुले त्यस्तो कारोबार सञ्चालन गर्न नेप्सेको प्रणालीसँग आवद्ध हुनेगरी आफै कारोबार व्यवस्थापन प्रणालीको स्थापना गर्नुपर्ने उल्लेख छ । तर धितोपत्र कम्पनीहरुले भने तेस्रो पक्षको कम्पनीका रुपमा वाइकोमार्फत सेवा लिइरहेका छन् ।

त्यस्तै, नेटवर्कसम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानका लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गर्नुपर्ने, साइबर आक्रमणसम्बन्धी घटना र समस्याको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाका लागि अनुगमन गर्नुपर्ने, बिजनेस रिकभरी म्यानेजमेन्ट प्रणाली स्थापना गर्ने, कारोबार व्यवस्थापन प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने सर्भर भण्डारण (स्टोरेज) क्षमता, सुरक्षा व्यवस्थापन (फायरवाल), नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्नेलगायत नियमावलीका व्यवस्था कार्यान्वयन भए नभएकोबारे नियामकले अनुगमन र कारबाही गर्न सकेको छैन । नियामक नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीले आजको घटनाबारे बोर्डमा कुनैपनि जानकारी नआएको बताए ।

नेप्सेले धितोपत्र दलालहरुलाई आफै डाटा सेन्टर राख्न, प्रावधिक जनशक्ति राख्न भनेपनि धितोपत्र दलालहरुले तेस्रो पक्षबाट यो सुविधा लिँदै आएका छन् । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||