तस्कर समूहले ५ कम्पनीमार्फत ३० अर्ब ८२ कराेड मूल्य बराबराको ३१ सय ९४ किलो सुन तस्करी गरेको खुलासा

सिधाकुरा

काठमाडौँ । गत वर्ष साउनमा त्रिुवन विमानस्थल भन्सारमा समातिएको अवैध सुनको अनुसन्धानमा नयाँ तथ्य बाहिरीएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्बभन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ ।

विस २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धानका क्रममा विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत हालसम्म रु ३१ अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ मूल्य बराबरको सुन तस्करी भएको पाइएको प्रहरीले जनाएको छ । 

आज आयोजित पत्रकार सम्मेलनमा सिआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले ६० किलोग्राम सुन तस्करीको अनुसन्धानका क्रममा थप २० जनालाई पक्राउ गरिएको जानकारी दिए । 

“विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत इलेक्ट्रोनिक मालवस्तुमा लुकाई छिपाई दुई हजार ८३१ किलो ८९ ग्राम र ब्रेक सु मा लुकाएर ३६२ किलो ७७८ ग्राम सुन तस्करी भएको अनुसन्धानमा देखिएको छ”, ब्यूरो प्रमुख ज्ञवालीले भने । 

प्रहरीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालिमार्फत एक हजार ३०३ किलोग्राम ९६५ ग्राम, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६३२ किलोग्राम ७९५ ग्राम, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७१६ किलोग्राम ८३ ग्राम, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि मार्फत १७० किलोग्राम आठ ग्राम र रेडी ट्रेड प्रालिमार्फत सात किलोग्राम पाँच ग्राम अवैध सुन नेपाल भित्रिएको थियो । ब्रेक सु मार्फत यसअघि ३६२ किलोग्राम ७७८ ग्राम अवैध सुन भित्रिएको थियो ।

अवैध रुपमा भित्रिएका सुनको भुक्तानी प्रक्रियामा भने नेपालका दुईवटा पेमेन्ट गेटवेसमेत सङ्लग्न रहेको खुल्न आएको छ । ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विस २०८० वैशाख १२ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पे वेल को वालेटमा रु ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ कारोबार भएको र सजिलो पेको वालेटमार्फत २०७८ जेठदेखि २०८१ जेठसम्म रु ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ कारोबार भएको पाइएको छ  ।

सिआईबीले उक्त प्रकरणमा ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडमा सङ्लग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी आठ जनालाई पक्राउ समेत गरेको छ  ।

ब्रेक सुमा लुकाएर ल्याएको सुनको परिमाण ३६२ किलोग्राम ७७८ ग्राम रहेको देखिएको भन्दै सीआईबीले विस २०८० भदौ ३१ गते २९ जनाउपर अभियोगपत्र दायर गरेको थियो । उनीहरुबाट रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ मागदाबी गरिएको थियो ।

सीआईबीले पक्राउ गरेका २९ जनामध्ये २४ जना अभियुक्तहरू हाल पुर्पक्षका लागि थुनामा छन् । यस्तै, सोही सुन प्रकरणमा दोस्रो चरणमा २० जनालाई पक्राउ गरेको छ ।

वैशाखबाट शुरु गरिएको दोस्रो चरणको अनुसन्धानमा १४ नेपाली, दुई चिनियाँ र चार भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेका भारतीय नागरिकमा बैजनाथ महादत्त गोयल, सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे र प्रशान्त गणेश बजबलकर रहेका छन् । यस्तै चिनियाँ नागरिकमा सोनाम गुरुङ भन्ने सराव ग्याल्मो र जेन्गा जाग्सी रहेका छन् ।

पक्राउ पर्ने नेपालीमा पर्सा वीरगन्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रूपक भण्डारी, काठमाडौँ महानगर–७ का प्रज्ज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव छन् ।

पक्राउ परेकाविरुद्ध सङ्गठित अपराध, सुनको चोरीपैठारी र केहीलाई बैकिङ कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा पठाउने तयारी भइरहेको सिआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • Private video
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....
  • जो*खिमपूर्ण हवाई यात्राः असुरक्षासँगै मुलुककै ब*दनामी|| SIDHAKURA || THE REPORTER ||
  • अण्डामा ठगी : एउटा अण्डाको मूल्य २४ रुपैयाँ ! || SIDHAKURA ||
  • कसरी ख_ स्यो हेलिकप्टर ? || गोठाला गएका स्थानीयले जे देखे...|| SIDHAKURA....
  • पहिलो पटक घटनास्थल पुग्दा जे देखियो...|| DYNASTY HELICOPTER || GROUND ZERO ||
  • चौधरी समूहले स्वीकार्यो वाइवाइको गुणस्तरमा भएको कमजोरी || || SIDHAKURA ||
  • सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’ || SIDHAKURA....
  • रिंकी जैसवाल प्रकरणः घरमा पुग्दा माइती पक्षले जे देखे || Rinki Jaiswal....
  • कुलेश्वरमा बाढी : खाने, बस्ने सबै बगायो, पसल डुबानमा || SIDHAKURA ||
  • स्थलगत रिपोर्टिङ : काठमाडौँमै मध्यरातमा जब घरभित्र बाढी पस्यो... || SIDHAKURA ||
  • डीआईजी मनोज केसीसँग डराएको सत्ता || THE DIG FEAR ||
  • नेपालमा उड्ने ७० जहाज, कुन कति पुराना ? || AGE STUDIES OF....
  • सन्दीपविरुद्ध मुद्दा नचलाउन गौशाला २६ को निवेदन, यस्तो छ पत्र ! ||....
  • युएईबाट जन्मकै द मुक्त भई स्वदेश फर्किए भुवन || SIDHAKURA ||
  • यसरी ख-स्यो सौर्य एयरलाइन्सको वि-मान || SAURYA AIRLINES || SIDHAKURA ||
  • २१ वर्ष पूरानो सौर्यको जहाज यसरी भयो दुर्घ टना || SIDHAKURA ||
  • त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दु*र्घट*ना, विमानस्थलको आकाशमा धुवाँको मु*स्लो ||
  • त्रिशुलीमा अलप भयो जगदीशको घरको मियो || SIDHAKURA ||
  • देश छोड्दिन भन्ने साथीलाई विमानस्थलबाट बिदाई || SIDHAKURA ||

Current Affairs

तीनसय वर्ष पुरानो हनुमान नाच.... ||....

  • तीनसय वर्ष पुरानो हनुमान नाच.... || SIDHAKURA ||
  • एमाले र माओवादीबीच संसदमा हङ्गगामा || SIDHAKURA ||
  • टुँडिखेलमा नेताको विरोध गर्दा पक्राउ परेको युवालाई तत्काल रिहा गरः रास्वपा सांसद....
  • प्रतिनिधिसभा बैठक LIVE
  • टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने || Rabi Lamichhane....
  • मुकुल ढकाल साधारण सदस्यसमेत नरहने गरी रास्वापाबाट निष्कासित || SIDHAKURA ||
  • टुँडिखेलमा देखिएको नेताप्रतिको जनआक्रोस || SIDHAKURA ||
  • नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’
  • देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ || Sher Bahadur Deuwa angry with....
  • ‘अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन’–प्रधानमन्त्री ओली || SIDHAKURA ||
  • डेडिकेडेड र ट्रंकलाईनबारे छलफलका क्रममा लेखा समितिमा चर्काचर्की, कसले के भने ?....
  • डेडिकेडेड र ट्रंकलाईन विवाद: ९ वर्षदेखि पैसो नउठाउलेलाई कारबाही गर्नुपर्छ– गोकुल बास्काेटा....
  • नयाँले जथाभावी बोल्छन् भन्ने आरोपछि लेखा समितिमा कड्किए हरि ढकाल || SIDHAKURA....
  • चिया बेच्नेलाई कुटेको हो ? महानगरप्रहरी प्रमुख राजु पाण्डेलाई प्रश्न || SIDHAKURA....
  • डेडिकेटेड र ट्रंकलाईनबारे लेखा समितिमा छलफल LIVE
  • दोरम्बाको शैलुङमा गएको पहिरो || SIDHAKURA ||
  • प्रचण्डको चेनावनी– दुई तिहाइको दम्भ जनताले ठेगान लगाउँछन् || SIDHAKURA ||
  • Private video
  • सरकारसँग आस र भर गर्न आग्रह गर्दै युवालाई रोजगारीमा जोड्न स्टाटपको कार्यक्रम....
  • वालुवाटारमा सरकारविरुद्ध नारावाजी || SIDHAKURA ||
  • परराष्ट्रमन्त्री आरजु राणा र मोदीबीच के कुरा भयो ? || Aarzu Rana....
  • TATA PUNCH EV- के के छन् विशेषता ? || Range, Price &....
  • ओलीलाई लक्षित गर्दै सुमनाले भनिन्, 'बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल....
  • भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू हुँदैन : रवि लामिछाने || SIDHAKURA....
  • ‘तापक्रम बढ्दा सोलुखुम्बुको ताल फुट्यो’ Anil Pokharel- CEO, NDRRMA || SIDHAKURA ||