कोशी प्रदेशका ३ बिना विभागीय मन्त्रीहरुले जिम्मेवारी पाएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लामो समयदेखि जिम्मेवारी वीहिन रहेका शमसेर राई, कमल प्रसाद जवेगू र गणेश उप्रेतीलाई जिम्मेवारी दिएका हुन् ।
कांग्रेसबाट मन्त्री बनेका शमशेर राईले आन्तरिक मामिला तथा कानुन, माअोवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीले पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जबेगु र उप्रेती कात्तिक १७ गते मन्त्रीमा नियुक्त भएका हुन् ।
३ मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिइएपनि प्रदेशका ५ मन्त्रालय मुख्यमन्त्रीले नै राखेका छन् । सामाजिक विकास, स्वास्थ्य, आर्थिक मामिला तथा योजना, खानेपानी–सिँचाइ तथा ऊर्जा, उद्योग कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहिन छन् ।