काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा प्रकरणमा संलग्न २४९ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दर्ताकाे तयारी गरेको छ ।
जग्गा प्रकरणमा मुछिएका कांग्रेस सभापति पत्नी एवम् नेतृ आरजु राणा देउवा र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाईबाहेकलाई अख्तियारले मुद्धाकाे तयारी गरेकाे हाे । अख्तियार स्राेतकाअनुसार प्रतिवादी बनाइएका २४९ जनामा राणा र चाैधरीकाे नाम भने छैन् । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले टीकापुर जग्गा भ्रष्टाचार मुद्धाको फाइल अदालतमा आइपुगेको सिधाकुरालाई बताए ।
'जग्गा प्रकरणमा मुछिएका २४९ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्धाको फाइल ल्याएको छ । अहिले दर्ताका लागि रुजु गर्ने काम भइरहेको छ,' प्रवक्ता कार्कीले भने,'रुजु सकिए पछि मुद्धा दर्ता हुन्छ ।'