काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित थापाले सिंहदरबारमा सभामुख समक्ष पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् ।
बुधबार सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी परेपछि उनलाई निर्वाचित घोषणा गरिएको हो । थापाको प्रस्तावकमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र समर्थकमा एमाले सांसद दीपा शर्मा रहेको थिए ।
यसअघि पनि उक्त समितिको सभापतिमा नेकपा एसकै सांसद भानुभक्त जोशी रहेका थिए । जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि रिक्त रहेको सभापति पदमा नेकपा एसकै थापा निर्वाचित भएका हुन् ।