काठमाडौँ । भृकुटीमण्डपमा पाँचदिनदेखि चलेको १६ औं नाडा अटो शो आइतबार सकिएको छ । अटो शोमा
२४ वटा प्यासेन्जर चारपाङ्रे सवारी, १९ वटा दुई पाङ्ग्रे, १२ वटा लाइट कमर्सियल, ३३ वटा स्पेयर पाट्र्स र ७ बैंक तथा बित्तिय संस्था गरि कुल ९५ स्टलहरु थिए ।
अटो शोमा चार पाङ्ग्रेतर्फ रिडारा बेस्ट स्टल बनेको छ भने दुई पाङ्ग्रेमा एथरको स्टल बेस्ट स्टल भएको नाडाले जनाएको छ । उत्कृष्ट ल्यूव, टायर, पार्टसलगायतका स्टलमा भिडोल ल्युबले जितेको छ। यस्तै कमर्सियलमा सोकोन ब्रान्डले पाएको छ।