काठमाडौँ । महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् । आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानामगरका अनुसार उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो ।