काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमण सकेर कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । बुधबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमरिलाई बिदाइ गरे ।
मंगलबार ३ बजेर ४२ मिनेट जाँदा काठमाडौँ उत्रिएका उनले राष्ट्रपति, प्रधानमन्त्रीसँग छुट्टा छुट्टै भेट गरेका थिए । उनको भ्रमण क्रममा दुई देशबीचमा सरकारी र निजी क्षेत्रसँग सम्बन्धित विभिन्न ८ वटा विषयमा समझदारी समेत भएको छ । कतारको राजाको यो पहिलो नेपाल भ्रमण हो ।