पोखरा । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले थप ५ दिनको समय दिएको छ । जिल्ला अदालतका कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । ५ दिन तिहार विदामा कटौती भईसकेको छ । लामिछाने अब ५ दिन हिरासतमा रहनेछन् ।
रवि लामिछानेको पक्षबाट बहस गरेका अधिकवक्ता डा. नारायणदत्त कंडेलका अनुसार रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले म्याद मागेको थियो । सहकारी प्रकरणमा अनुसन्धान नसकिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले थप समय माग गरेको थियो । तर सरकारी वकिलले म्याद थप हुनुपर्ने बलियो आधार केही पनि पेश गर्न नसकेको कंडेलले बताए ।
लामिछाने तर्फका अधिवक्ताहरुले लामिछानेको बयान सकिएको, कागजपत्र पेश भैसकेका र रवि लामिछाने कतै भागेर जाने अवस्था पनि नभएकाले म्याद थप गर्न नहुने र रिहाई गर्नुपर्ने जिकिर गरेका थिए ।
लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, नारायण घिमिरे, डा.नारायणदत्त कँडेलले बहस गरेका थिए ।
-
RAJAN kuinkel 3 hours agoयो सबै रविलाई फसाउन अनेक उपाय संयन्त्र प्रयोग गरी रहेका छन्। यस विषयमा रवि लाई भेदभाव गर्ने निरपक्ष प्रहरी, न्यायलयको न्याय दिने व्यति आवश्यक छ। म्याद थप को विषयमा सरकारले दबाउन सकिन्छ भनेर खोजिएको जुक्ति मात्र हो।
-
karan pathak 2 hours agoछानवीन समिति गठन गरेर प्रमाण भेटाउन सकेनन दोषी भए पो भेटिने दोषि हुनथे भनी एमाले काङ्ग्रेस ले सिधै जेल नै हालने थिल यो त गगन थापा को राजनीति जोगाउने खेल मात्र हो तर गगन थापा को राजनीतिक भविष्य र पेसा सकिन्छ सकिनछ काङ्ग्रेस एमाले पनि सकिने भए राजा मारेका हुन मदन मारेका हुन एमाले काङ्ग्रेस भनेको देशको लागि हानिकारक हो युवा जागाैँ भष्ट नेता फालाैँ देशले परिवर्तन खोजेको छ