काठमाडौँ । सहकारी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज तेस्रो पटक आज अदालत लगिदै छ । कार्तीक २ गते पक्राउ परेका लामिछानेलाई यस अघि २ पटक थपिएको म्याद १४ गते नै सकिएपनि तिहार बिदाका कारण ५ दिनदेखि विना म्याद हिरासतमा राखिएको छ ।
लामिछानेको बयान तथा कागजपत्रको अनुसन्धान सकिएको कास्की प्रहरीले स्रोतले जनाएको छ । तर फेरी पनि तिहार बिदासहित जोडेर थप म्याद माग्ने प्रहरीको तयारी छ ।
लामिछानेलाई म्याद थपका लागि अदालत लैजाने तयारी भइरहँदा रास्वपाल भने प्रदर्शन गर्ने तयारी गरेको छ । विहान १०ः३० बजेबाट कास्कीको जिरो किलोमा प्रदर्शन गर्दै छ ।
यस्तै लामिछानेसँगै हिरासतमा रहेका छविलाल जोशीलाई चौँथो पटक म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको छ । उनको पनि बयान सकिएको छ ।