'सहकारी ऐनको दफा १२२ उलङ्घन भएकाे आधारसमेत नखुलाई रविलाई किन थुनामा राखेकाे ?'

सिधाकुरा

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार कात्तिक १४ गतेबाट लागू हुनेगरि थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

तिहार बिदाका ५ दिन लामिछानेलाई अदालतमा पेश नगरिएका कारण सो अवधिको समेत म्याद थप गरी न्यायाधीश पौडेलले कात्तिक २५ गते अदालतमा पेश गर्ने गरी जिल्ला सरकारी वकिल कार्यालय कास्कीलाई आदेश दिएका हुन् ।

यस अघि ५ दिन हिरासत बसिसकेका कारण लामिछाने थप ५ दिन हिरासतमा रहने छन् । त्यस अघि जिल्ला अदालतमा रविकातर्फ र जिल्ला सरकारी वकिल कार्यलयको तर्फबाट म्याद थपबारे बहस भएको थियो । 

जसमा वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायधिवक्ता कमला काफ्लेले बहस गरेकी थिइन भने रविको तर्फबाट कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता सुशील  पन्त, नारायण घिमिरे र अधिवक्ता डा। नारायणदत्त कँडेलले बहस गरेका थिए । सरकारी वकिलको तर्फबाट म्याद थपका लागि मुख्यतः ४ वटा दाबी थियो । 

एक, सहकारीको रकम अपचलनमा उहाँको संलग्नता देखिएको छ । कतिको त बैंक खातामा पैसा गएको छ । अनुसन्धान भनेको बयान लिनु मात्र होइन, अन्य प्रक्रिया पनि हुन्छन्, त्यो बाँकी छ । तथ्य र प्रमाणसहित अभियोजन गर्नुपर्ने र त्यसका लागि अनुसन्धान प्रभावकारी हुनुपर्ने भएकाले म्याद थप्नु पर्छ । 

दुई, कानून बमोजिम नै अनुसन्धान भइरहेको छ । र, अभियोजन पनि कानूनले दिएको अधिकार प्रयोग गरेरै गरिन्छ । अनुसन्धानका विषय सार्वजनिक गर्न मिल्दैन । बयानमा बताएका कुरा प्रमाणित गर्न पनि अनुसन्धान जारी राख्नुपर्छ । कतिपय व्यक्ति फरार रहेकाले उहाँहरूलाई छोड्दा प्रमाण नष्ट गर्ने सम्भावना रहन्छ । छबिलाल जोशी त पूर्व डीआईजी भएका कारण उहाँसँग अनुसन्धान प्रभावित गर्ने र प्रमाण नष्ट गर्ने प्रशस्त ज्ञान छ । त्यसैले पनि छोडनु हुँदैन । 

तीन, प्रारम्भिक अनुसन्धानले सहकारी ठगी बाहेक सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण पनि आकर्षित भएको छ । त्यसमा पनि अनुसन्धान जारी छ । अनुसन्धानका लागि कानूनले समयावधि नै तोकिदिएको छ, त्यो समय लिन पाउनु हाम्रो कानुनतःः अधिकार हो । दशैं र तिहार बिदाका कारण पनि अनुसन्धान प्रभावित भयो । एकपछि अर्को अभियोग थपिएका कारण पनि अनुसन्धानका लागि थप समय मागेका हौं ।

चार, पटक पटक हिरासतमा लिएर अनुसन्धान गर्नु नपरोस् र प्रभावशाली व्यक्ति रहेका कारण अनुसन्धान प्रभावित नहोस् भन्नका लागि पनि हिरासतमै राख्नुपर्ने भएको हो । कसुरमा संलग्नताको आधारमा मात्र अभियोजना गरिने भएकाले पनि सही अभियोजनका लागि सही अनुसन्धान आवश्यक पर्छ । सञ्जाल नै निर्माण गरेर सहकारीको बचल अपचलन गरिएको छ ।

यस्तै, रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरुले रविलाई थुनामुक्त गरेर अनुसन्धान गर्ने आधारहरु प्रस्तुत गरेका थिए । जसमा, थुनामुक्त गर्दा अनुसन्धान प्रभावित हुन्छ भन्नुभयो । उहाँहरु (प्रहरी र सरकारी वकिल) ले त कसैगर्दा पनि अनुसन्धान प्रभावित हुन दिँदैनौं भन्न सक्नुपर्ने हो नि । अर्थात, हामी प्रभावित हुन्नौं किन भन्न नसकेको ? थुनामै राख्नुपर्ने कारण के हो भन्नेबारे अदालतले बस्तुनिष्ठ आधार र कारण खोजोस् । अनुसन्धान कार्य नसकिँदासम्म अदालतले सर्तसहित रिहा गरोस् । 

यस्तै, संसदले विशेष समिति बनाएर, गहिरो अनुसन्धान गरेर प्रतिवेदनसमेत दिइसकेको विषयमा फेरि अनुसन्धान भनेर बद्नियत राखिएको छ । छविलाल जोशीको हकमा सर्वोच्च अदालतले प्रहरीलाई कानूनी व्यवस्था स्मरण गराउँदै विवेक प्रयोग गर्न भनेकाले पनि हिरासतमा राखिराख्नुपर्ने कारण छैन् । 

यस्तै, कानुन व्यवसायीहरुले बैंक स्टेटमेन्ट, सवारी साधनको खोजी, मालपोतमा लिखत संकलन आदिका कारण थुनामा राख्नुपर्ने कारण नहुने दाबी गरेका थिए ।  सहकारी ऐनको दफा (१२२) कसरी उलंघन भयो भन्ने आधारसमेत नखुलाई थुनामा राखिएको उनीहरुको दाबी थियो । 

गोर्खा मिडियामा आएको पैसा खर्चको हकमा भने कम्पनी कानून आकिर्षत हुने भन्दै सहकारी ऐन लगाइनु नै गलत  भएको उनीहरुको जिकिर थियो । गलत कानून प्रयोग गरेर अभियोजन गर्न कानुनले नपाइने भन्दै गरे त्यसलाई अदालतले खारेज गर्नुपर्ने अधिवक्ताहरुको जिकिर छ ।  

सांसद भएपछि र मन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणमा फरक नै छैन भने सम्पत्ति शुद्धीकरण आकर्षित नहुने उनीहरुको जिकिर छ । ‘अदालतमा दर्ता भएको मुद्दा र संसदीय छानबिन समितिको प्रतिवेदनमा सबै तथ्य छन् । तिनलाई वेवास्ता वा गलत ढंगले व्याख्या गरेर राज्यले बद्नियत राख्न खोजेको छ।

न्यायालयको दृष्टि हुँदैन, दृष्टिकोण मात्र हुने भएकाले अदालतले अनुसन्धानको प्रगतिका आधारलाई पनि ध्यान देओस्,’ बहसमा रविका वकिलहरुले भने,‘ सहकारी ऐन, संगठति अपराध निवारण ऐन र सम्पत्ति शुद्धीकरण ऐन देखाएर थुनामा राख्नुपर्ने तर्क गरिएको छ। तर, यि तिनवटै कानूनमा हिरासत बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने प्रबन्ध गरेको छ ।’ 

रवि लामिछाने भाग्ने, छल्ने, प्रमाण नष्ट गर्ने व्यक्ति होइनन् भन्दै उनीहरुले बहसमा बोलाएको बेला जहाँ, जहिले पनि उपस्थित हुन्छन् भनेका थिए ।  कुनै पनि व्यक्तिलाई अर्को विकल्प नहुँदासम्म मात्रै थुन्ने हो भन्दै अधिवक्ताहरुले भनेका थिए ,‘यहाँ त धेरै विकल्प छन् तर पनि हिरासतमै राख्नुपर्नेमा जोड दिइनु भनेको बद्नियत नै हो ।’ 

प्रतिक्रिया

  • 📋 Notification; Transaction №DT29. NEXT =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=7b718e697effa12c72faf230d49ad4db& 📋 4 months ago
    3scwnm
  • 📇 Email: TRANSFER 1,82412 BTC. Get =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MDI1MDM0NTYxNzk0JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduY 4 months ago
    adgvb1

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||