
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । गएराति हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा नेम्वाङको निधन भएपछि अहिले शिर्ष नेताहरु अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, सभामुख देवराज घिमिरे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु अस्पताल छन् ।
अस्पतालमा ठुलो संख्यामा एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको छ । नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेम्वाङको निधनले मर्माहत बनाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस्तै, नेकपा एमालेका नेताहरूले नेम्वाङकाको निधनसँगै एमालेले मियो गुमाएको बताएका छन् ।
एमाले नेता महेश ब्रतौलाले पार्टीले मियो गुमाएको बताए । यस्तै एमाले नेता प्रदीप ज्ञवालीले नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् ।